बेंसीसहर–चामे सडक अवरुद्ध
चैत्र १७, २०८२ | लमजुङ
लमजुङको मस्र्याङ्दी गाउँपालिका ४, श्रीचौरमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । वर्षासंगै आज दिउँसो २ बजेतिर पहिरो गएको र त्यसपछि सडक अवरुद्ध भएको हाम्रा सहकर्मीले जनाएका छन् ।
लमजुङ उद्योग बाणिज्य संघ खुदी इकाई अध्यक्ष खुसीराम गुरुङका अनुसार माथिबाट आएको पहिरोले सडक पुर्नुका साथै बगाएपछि सवारी वारपार हुन सकेको छैन । मनाङबाट आएका र लमजुङबाट जाँदै गरेका सवारी साधन पहिरोमा रोकिएको उहाँको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख जितेन्द्रकुमार बस्नेतले आज दिउँसो २ बजेतिर माथिबाट पहिरो खसेको र त्यसले सडकमा क्षति पु¥याउँदा सडक अवरुद्ध भएको बताउनुभयो । उहाँका अनुसार अहिले बाटो खुलाउनको लागि मेशिनरी सामाग्री व्याक्होलोडर प्रयोग भइरहेको छ ।










