निजगढमा मोटरसाइकल दुर्घटनामा २ को मृत्यु

चैत्र १८, २०८२ | बारा, लक्ष्मी साह

बाराको निजगढमा आज दुई मोटरसाइकल एकापसमा ठोकिदा २ जनाको मृत्यु भएको छ । मृतक दुबै चालक हुन् । सर्लाहीको लालबन्दी नगरपालिका ७ का २२ बर्षीय वैभव ढुंगाना र निजगढ नगरपालिका ६ धियाल टोलका २३ बर्षीय सुरेश श्रेष्ठको मृत्यु भएको निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले बताउनुभयो । मोटरसाइकल एकापसमा जुद्धा घाईते भएपछि उनीहरू दुबैलाई कलैया प्रादेशिक अस्पताल लगेपछि चिकित्सकले मृत्तघोषण गरेका हुन् ।


प्रतिक्रिया