सल्यानमा खोलाजन्य बस्तु उत्खनन गर्ने २८ टेक्टर नियन्त्रणमा
चैत्र २२, २०८२ | सल्यान
प्रहरीले सल्यानका विभिन्न स्थानबाट अवैध रुपमा खोलाजन्य बस्तु बालुवा उत्खनन गरेर लैजादै गरेका २८ ट्याक्टर नियन्त्रणमा लिएको छ ।
प्रहरीले सल्यानको श्रीनगर, लुहाम, बाग्चौर, सल्लीबजार, रागेचौर, थारमारे लगायतका स्थानबाट खोलाजन्य बस्तु बालुवा उत्खनन गरेर लैजादै गरेका ट्याक्टर नियन्त्रणमा लिएको हो ।
सल्यानका १० स्थानीय तह मध्ये दुई वटाले मात्र खोलाजन्य बस्तु उत्खनन गर्न टेन्डर आहवान गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीले बताउनुभयो ।









