कंग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्ने
वैशाख ७, २०८३ | काठमाडौं
नेपाली कांग्रेसको आज केन्द्रीय अनुशासन समितिको बैठक बस्दै छ ।
बैठक ललितपुर स्थित पार्टीको केन्द्रिय कार्यालयमा दिउँसो ३ बजे बस्न लागेको हो ।
महामन्त्री प्रदीप पौडेलकाअनुसार आज बस्ने बैठकले तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग लिएको स्पष्टीकरण निष्क्रिय बनाउने छ ।
कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र विशेष महाधिवेशनबाट गठित सभापति गगन थापा पक्षबीच आधारिकतालाई लिएर विवाद भइरहेको थियो । गत पुस २७–३० मा भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले थापा नेतृत्वमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।
त्यसपछि माघ २ मा निर्वाचन आयोगले त्यसैलाई मान्यता दिने निर्णय गरेपछि पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक खड्काले त्यसविरुद्ध माघ ४ मा अदालतमा रिट दायर गर्नुभएको थियो ।
सर्वोच्च अदालतले गत शुक्रबार त्यही रिट खारेज गर्दै विशेष महाधिवेशनलाई मान्यता दिने फैसला सुनाएको थियो । त्यसअघि पार्टीमा समानान्तर गतिविधि गरेको भन्दै केन्द्रीय अनुशासन समितिले गत बुधबार खड्कालाई ७ दिनभित्र स्पष्टीकरण दिन भनेको थियो ।
महामन्त्री पौडेलले खड्कालाई यसअघि लिएको स्पष्टीकरणको औचित्य अब समाप्त भएको स्पष्ट पार्नुभएको हो ।











