३ लाख बढी भूकम्पपिडितको घर निर्माण सम्पन्न

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २२, २०७५ | काठमाडौं

- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निजी आवास पुर्ननिर्माण अन्तर्गत ३ लाख १३ हजार ८ सय ८३ भूकम्पपिडितका घर निर्माण सम्पन्न भएका छन् । चाडपर्वमा व्यस्त भएपछि पुनर्निर्माण केही सुस्ताएपनि घर निर्माणमा भने उल्लेख्य प्रगति भएको प्राधिकरणको दाबी छ । ५ लाख ६० हजार ४ सय ८८ घर निर्माणको क्रममा रहेको र अधिकांश निर्माणाधीन घरहरु अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

२ लाख २६ हजार ७ सय ९१ लाभग्राहीलाई तेस्रो किस्ता वितरण गरिएको छ भने ३ लाख ३१ हजार ६ सय ६१ लाभग्राही तेस्रो किस्ता लिन प्रमाणित भएका छन् । ४ लाख ६८ हजार ५ सय १६ लाभग्राहीलाई दोस्रो किस्ता वितरण गरिएकाले बीचमा रहेका झण्डै १ लाख २७ हजार लाभग्राहीलाई तेस्रो किस्ताका लागि प्रक्रियामा ल्याउने प्रयास समेत भइरहेको प्राधिकरणले उल्लेख गरेको छ ।   

 


प्रतिक्रिया