बाढीमा बगेको ३ वटा गैंडा भारतले नेपाल ल्याउन दिएन

रेडियो कान्तिपुर संवाददाता

मंसिर २७, २०७५ | नवलपरासी

नारायणी नदीको भेलले ६ महिनाअघि बगाएर भारत पुर्‍याएको ३ वटा गैंडा भारतले नेपाल ल्याउन दिएको छैन । भारतको बाल्मिकी नगरको निकुञ्जको जंगलमा रहेका ती गैडालाई पर्याप्त घांसेमैदान र पानीको व्यवस्था नरहेकाल नेपाल ल्याउन खोजेको चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गोपाल घिमिरेले जानकारी दिनुभयो ।

सुस्ता नजिकको जंगलमा रहेका एक सिंगे गैडालाई पर्याप्त बासस्थान र आहार नभएका कारण नेपाल ल्याउनुपर्ने निष्कर्षमा पुगेको प्रवक्ता घिमिरेको भनाई छ ।

यसअघि भारत पुगेका ११ गैंडालाई निकुन्जले ६ महिनाअघि नै नेपाल फर्काएको थियो । प्रवक्ता घिमिरेका अनुसार गैंडा ल्याउनका लागि प्राविधिक टोली गएपनि भारतीय सुरक्षाकर्मीले केन्द्र सरकारको अनुमति चाहिने भन्दै समात्न दिएको छैन ।

त्रिवेणी पोष्टका कर्मचारीको नेतृत्वमा गैंडा समात्न २ वटा हात्ती सहित १० जनाको टोली सुस्ता क्षेत्रमा खटिएको छ । 


प्रतिक्रिया