परराष्ट्रमन्त्री ज्ञवाली र समकक्षी स्वराजबीच भेटवार्ता

पुस २६, २०७५ | काठमाडौं

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी सुष्मा स्वराजबीच नयाँ दिल्लीमा  भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धका साथै द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिमा समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता दिल्लीमा पहिलो पटक आज दुई मुलुकबीच विदेश मन्त्रीस्तरीय औपचारिक भेटवार्ता भएको हो  । 

भेटवार्तामा नेपाली पक्षले भैरहवा र पोखरामा निर्माणाधीन विमानस्थलबारे जानकारी दिंदै हवाई रुटबारे कुरा राखेको थियो । त्यसमा भारत सकरात्मक देखिएको दिल्लीस्थित नेपाली दूतावासलाई उदृत गर्दै सहकर्मी सुरेशराज न्यौपानेले जनाएका छन् । नेपालले प्रतिबन्धित भारतीय रुपैयाँ सटहीबारे पनि भारतको ध्यानाकर्षण गराएको छ ।

यसैबीच, परराष्ट्रमन्त्री ज्ञवालीले दिल्लीमा आयोजित चौंथो राइसिना डायलगलाई सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा परराष्ट्र मन्त्री ज्ञवालीले बदलिंदो विश्व राजनीतिक परिदृश्यका कारण नेपाल जस्तो मुलुकले भोग्नु परेको समस्या बारे प्रकाश पार्नुभएको थियो ।

नेपाल सधै शान्तिको पक्षमा रहेको उल्लेख गर्दै उहाँले मुलुक हातहतियारमा खर्च गर्नुको साटो विकासमा केन्द्रित रहेको बताउनुभयो । मन्त्री ज्ञवाली भोलि नै काठमाडौं फर्किनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया