घोषणापत्र अनुसार काम गर्छौं : उपप्रधानमन्त्री पोखरेल

फाल्गुन ५, २०७५ | उदयपुर

– उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले सरकारले / प्रतिनिधिसभा निर्वाचनमा प्रस्तुत नेपाल कम्यूनिष्ट पार्टीको घोषणापत्र अनुसार काम गरिरहेको बताउनु भएको छ । उदयपुरलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्दै पोखरेलले पार्टीको घोषणापत्रमा उल्लेख भए अनुसार शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सरकारले काम गरिरहेको बताउनुभयो ।

५ बर्ष भित्र सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार पुर्‍याउने नेकपाको घोषणापत्र अनुसार त्यसका लागि प्रतिबद्द रहेको उहाँको भनाई थियो । उहाँले ५ वर्ष भित्रका कार्य योजना तयार गरेर सरकार अगाडि बढिरहेको उल्लेख गर्नुभयो । वर्तमान सरकारले कानुन निर्माण गर्ने काम समयमै सम्पन्न गरी केन्द्र, प्रदेश र स्थानीय तहलाई बलियो बनाएर संघियतालाई पूर्ण कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो । 

उदयपुर देशको ४८ औं र प्रदेश नं १ को १० औं साक्षर जिल्ला घोषित भएको छ । 

 


प्रतिक्रिया