पिकअप खस्दा ४ को मृत्यु

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ८, २०७५ | बागलुङ

- बागलुङको जैमिनी नगरपालिका छिस्तीमा जिप दुर्घटनामा परी मृत्यु हुने ४ जना पुगेका छन् । स्थानीय जनकल्याण माविको बार्षिकोत्सव सकेर फर्केका बिद्यार्थी र अभिभावकहरु चढेको ध १ ज ७९१ नम्बरको जिप हिजो सडक देखि १ हजार मीटर तल भीरमा खसेको थियो । प्रहरी उपरिक्षक दिपक रेग्मीकाअनुसार, दुर्घटनामा विद्यार्थीहरु १२ बर्षिया ज्योती पुन, १५ बर्षकी प्रियंका पुन र एलिना पुन तथा शिक्षिका तुलसी पुनको मृत्यु भएको हो । गम्भीर घाईते ५ जनाको पोखरामा उपचार भइरहेको छ । 

झण्डै २५ जना सवार जिप उकालोमा तान्न नसकेर पछि हटेर भीरबाट खसेको अनुमान गरिएको छ । राती साँढे १२ बजे घाईतेलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल पुर्‍याईएको थियो । दुइजनाको घटनास्थलमै तथा अन्य दुइजनालाई उपचारका लागि ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनास्थल सदरमुकाम देखि ३६ किमी दक्षिणमा पर्छ । 

 


प्रतिक्रिया