भारतमा  भ्रुण तस्करी 

रेडियो कान्तिपुर संवाददाता

चैत्र ५, २०७५

- विभिन्न मुलुकबाट भारतमा ठूलो परिमाणमा मानव भ्रुण तस्कर हुने गरेको खुलाशा भएको छ । भारतको मुम्बई स्थित विमानस्थलमा ठूलो परिमाणमा मानवभ्रुण फेला परेपछि तस्कर सञ्जालको खुलासा भएको हो ।

मलेशियाका एक नागरिक मानवभ्रुणलाई ताफक्रम सन्तुलन गर्न मिल्ने धातुको क्यानमा राखी यात्रा गर्ने त्रममा पक्राउ परेका थिए । ति ब्यक्तीले भ्रुण सहित पटक पटक भारतको भ्रमण गरेको स्विकार गरेका छन् । भ्रुणलाई प्रजनन् आईभिएफ क्लिनिकमा पुर्‍याउने गरिएको छ ।

मुम्बईको प्रतिष्ठित मानिने प्रजनन् क्लिनिकले भने भ्रुण तस्करीमा कुनै सम्बन्ध नरहेको दाबी  गरेको छ । पक्राउ परेका ब्यक्तिसँग सम्पर्क गर्न प्रयोग भएका मोबाईल सन्देशलाई आधार बनाएर अनुसन्धान भेरहेको प्रहरी अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । भारतीय मेडिकल काउन्सिलको अनुमती विना भ्रुण भित्र्याउनु भारतमा गैरकानुनी हो । 

 


प्रतिक्रिया