बाजुरामा सिकिस्त अवस्थामा रहेकी गर्भवतीको आपतकालिन उद्दार  

चैत्र १८, २०७५ | बाजुरा

- बाजुरामा सिकिस्त अवस्थामा रहेकी गर्भवतीलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले हेलिकप्टर चार्टर गरी उपचारका लागि नेपालगञ्ज पुर्‍याएको छ । बाजुराको बुढीनन्दा नगरपालिका–३ की ४० वर्षीया गर्भवती सेतु लोहारको स्वास्थ्य गम्भिर भएपछि उनलाई बाजुराको कोल्टीबाट आपतकालिन उद्दार गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताउनुभएको छ  ।

उनको आठ महिनाको गर्भ छ । दुर्गमको विपन्न दलित समूदायकी उनलाई आज विहान कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको थियो । उनका श्रीमान तुले लोहारले भने ‘घरको आर्थिक अवस्था कमजोर भएकाले जहाज चढाएर बाहिर जिल्ला लिनसक्ने अवस्था थिएन’ ‘नेपालगञ्जमा उपचार गर्दा लाग्ने खर्च बुढीनन्दा नगरपालिकाले हामी ब्यहोर्छौ भनेको छ ।’

सामाजिक विकास मन्त्रालयले बाजुरा लगायत प्रदेशका विकट पहाडी जिल्लाका गर्भवतीहरुलाई जहाज र हेलिकप्टर चार्टर गरी आपतकालिन उद्दार गर्दै आएको छ । 


प्रतिक्रिया