रामेछापमा तारा एयरको विमान दुर्घटना 

वैशाख ९, २०७६ | रामेछाप

रामेछाप विमानस्थलमा अवतरणको क्रममा तारा यएरको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट लुक्लाको लागि उडेको जहाज मौसमको प्रतिकुलताले रामेछाप विमानस्थलतर्फ डाईभर्ट भएको थियो । विमानस्थलमा अवतरणको क्रममा अगाडिको टायर पड्केर जहाज दुर्घटनामा परेको हो ।

तारा एयरको 9N - AKK डोर्नियर विमानमा लुक्काका लागि पठाइएका १४ जना विदेशी नागरिक थिए । यात्रु र चालकदलका सबै सकुशल छन् । 

चालकहरुले तत्कालै जहाजको इन्जिन बन्द गरेर यात्रुहरुलाई ओरालेका थिए । दुर्घटना भएको विमान धावन मार्गकै छेउमा अड्किएकोले रामेछाप विमानस्थलबाट थप उडान र अवतरण हुन सकेका छैनन् । लुक्का जाने सयौं यात्रुहरु विमानस्थलमा अलपत्र छन् ।

बिहान ९ बजे भएको सो दुर्घटना पछि विमानस्थल बन्द गरिएको छ । धावनमार्गको छेउमा अड्किएको विमान तानेर छेउ नलगाए सम्म उडान हुन नसक्ने नागरिक उडड्न कार्यालय रामेछापले जनाएको छ । 

दुर्घटनाको समाचार संकलनका लागि विमानस्थल पुगेका पत्रकारहरुलाई विमानस्थल प्रमुख अमित चौरसियाले भित्र पस्न रोकेकोले थप विवरण संकलन गर्न कठिनाई भएको छ । चौरसियालाई बाहिरबाट समाचार संवेदनसिलताको विषयमा पटक पटक पत्रकारले गरेको आग्रहलाई चौरसियाले बेवास्ता गर्दै प्रवेशद्धारमै रोकेका छन् ।

कुकुर र विमान सँगसँगै  

रामेछाप विमानस्थलमा बिहानै देखि कुकुर पसेको थियो । कुकुर धावनमार्गमा दौडिरहँदा पनि विमानस्थल अधिकारीहरुलाई जहाजलाई अवतरण र उडान गर्न दिइरहेका थिए । विमानस्थलमा पसेको कुकुरका कारण लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज ओभर सुट गराई केही क्षण पछि विपरीत दिशाबाट अवतरण गराइएका थिए । जहाज अवतरण गर्दा कुकुर धावन मार्गमै थियो । सो विषय गम्भीर रहेको भन्दै स्थानीयले बिहानै देखि विमानस्थल प्रशासनले उडान र अवतरणमा हेलचेक्र्याँई गरेको आरोप लगाएका छन् । 

दुर्घटनाको भय यथावत 

रामेछाप विमानस्थलमा ४ वटा मात्र जहाज पार्किंग गर्ने स्थान भएपनि ७ वटा सम्म जहाज राखिएको छ । विमानस्थल अधिकारीहरुसँग निजी हवाई कम्पनीले मिलेमतोमा क्षमता भन्दा बढी जहाज राखेका हुन् । तारा एयरको विमान अवतरणको क्रममा दुर्घटना हुँदा पनि ५ वटा विभान पार्किंगमा राखिएको थियो । 

    


प्रतिक्रिया