चन्द समूहका १० कार्यकर्ता पक्राउ

वैशाख १७, २०७६ | धनगढी

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका बाजुरा इञ्चार्ज भुपेन्द्र विक सहित १० जना कार्यकर्तालाई पक्राउ परेका छन् । बाजुराका प्रहरी प्रमुख डीएसपी उद्धव भाटका अनुसार उनीहरुलाई बुढीगंगा नगरपालिकाको अमकोटबाट पक्राउ गरिएको लिइएको हो ।

पक्राउ पर्नेहरुमा भरत थापा, पबित्रा विक लगातय रहेको डीएसपी भाटले बताउनुभयो । यसअघि कैलालीमा १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

कैलाली प्रहरीले पक्राउ गरेकाहरुमा सेती महाकाली सदस्य डबल शाह, रुपेश देवकर, जगत आउजी, धुब्र सञ्ज्याल, उदयराम थापा, रहेका छन् ।

यस्तै, सीता उदेकर, इन्द्रबहादुर बम, कृष्णबहादुर शाही, बन्धुकुमारी चन्द, बलबहादुर बीसी, पुष्पराज न्यौपाने र दानबहादुर फडेरा रहेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो ।


प्रतिक्रिया