चरेससहित अमेरिकी नागरिक बिमानस्थलबाट पक्राउ 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७६ | काठमाडौं

- नेपाल एयरलाइन्सको उडानबाट बैंकक उड्न लागेका एक अमेरिकी नागरिक ५ केजी प्रतिबन्धित लागूऔषध चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

लगेज चेक इन गर्ने क्रममा एक्सरे मेसिनमा शंकास्पद वस्तु देखिएपछि प्रहरीले खोलेर हेर्दा चरेस भेटिएको हो । पक्राउ अमेरिकी नागरिक विलियम हेरोन रहेका प्रहरीले जनाएको छ । 

यसैबीच, करिब ५४ केजी गाँजासहित प्रहरीले मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बाट २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाराका २८ वर्षीय रोहित श्रेष्ठ र भारत रक्सौलका ४४ वर्षीय सन्जय महतो छन् । 

 


प्रतिक्रिया