लोक सेवाको विज्ञापनबारे सर्वोच्चमा आज छलफल हुँदै

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७६ | काठमाडौं

– सर्वोच्च अदालतमा दायर भएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापन सम्बन्धी विवादसम्बन्धी सबै निवेदनको आज एकै साथ सुनुवाई हुँदैछ । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले हिजो लोकसेवा आयोगको सो विज्ञापनसम्बन्धी परेका चारवटै निवेदनलाई संगै राखेर हेर्न आदेश जारी गरेको हो । सोही अनुसार ती सबै निवेदनको सुनुवाई आजका लागि तय भएको न्यायाधीस कार्कीले जानकारी दिनुभयो ।  

आयोगले गत जेठ १५ गते देशभरका ५ सय १५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदका लागि विज्ञापन गरेको थियो । विज्ञापन समावेशी सिद्धान्तविपरित भएको भन्दै विभिन्न चरणमा ४ वटा रिट निवेदन परेको उहा“को भनाई छ । फारम भर्न समस्या भएपछि आयोगले १० दिन समय थप गरेको छ । 

 


प्रतिक्रिया