पहिरोले घर भत्कँदा काभ्रेमा एकै परिवारका २ को मृत्यु

असार २७, २०७६ | काभ्रे

लगातारको वर्षापछिको  पहिरोले घर भत्कँदा काभ्रेको बनेपा–३, चुनातालमा घर पुरिँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

रामप्रसाद दंगालको घर पुरिदा उनकी श्रीमती अन्दाजी ५५ बर्षीय गोमा र ७ वर्षीया नातिनी सुहावीको मृत्यु भएको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी नायव निरिक्षक बिष्णु सापकोटाले जानकारी दिनुभयो । घटनामा परी उनकी बुहारी सुशिला र जेठी नातिनी  अनुष्का घाइते भएका छन् । 


प्रतिक्रिया