विभिन्न कार्यक्रम गरी गुरु पूर्णिमा मनाइयो

- रेडियो कान्तिपुर, काठमाडौं

    असार ३१, २०७६

    गुरु पूर्णिमा तथा व्यास पूर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समितिले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । समितिले मानव धर्मका प्रणेता श्री सतपालजी महाराज जी प्रति श्रद्धाभाव प्रकट गर्दै “गुरु पूजा महोत्सव २०७६” मनाएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठले आफूले प्राप्त गरेको आध्यात्मिक तथा भौतिक शिक्षा एक आपसमा आदान प्रदान गरेमा मात्र समाज विकास गर्न सकिने बताउनुभयो । मानव धर्मले गरेका सामाजिक कामले वडाको विकासमा सहयोग पुगेको भन्दै आफू सधैँ सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो  । 

    कार्यक्रममा समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले शास्त्रमा भएका कुरालाई मनन गर्दै जीवनमा उर्तान सके मात्र यसले जीवन सार्थक पार्न सकिने बताउनुभयो ।  

    चेतन शरीर भएका गुरुले मात्र ज्ञान र भक्तिको कुरा सिकाउन सकिने भएकोले चेतन गुरुलाई मान्न पनि उहाँले सबैलाई प्रेरणा दिनुभयो । गुरु चरणको दर्शनले मात्र पनि काशि प्रयागको पुण्य मिल्छ । त्यसैले हरेक युगमा आएका गुरुलाई सबैले चिन्नुपर्छ र गुरुले देखाएको बाटोमा हिड्नु पर्छ ।”  

    कार्यक्रममा यसवर्ष एसईई पास गरेका विभिन्न विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै गुरुहरुलाई श्रद्धाझाव व्यक्त गरेका थिए । कार्यत्रममा भक्ति संगीतका कलाकार तथा बाल कलाकारहरुले आध्यात्मिक, चेतनामुलक भजन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । 

    प्रकाशित:असार ३१, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्