बीपी राजमार्गको अवरोध हट्यो

श्रावण २, २०७६ | काभ्रे

लेदो माटोसहितको पहिरो खसेपछि बिहानदेखि  अवरुद्ध बीपी राजमार्ग  करिब ९ घण्टापछि  खुलेको छ ।  काभ्रेपलञ्चोकको नमोबुद्ध नगरपालिका– ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो ।

त्यहाँस्थित पशुपति रोडा ढंगा उद्योग र मनकामना एग्रोभेट प्रालीले राजमार्ग छेउमा थुपारेको कंक्रिड सहितको माटो वर्षाका कारण बगाएपछि राजमार्गमा लेदोसहितको पहिरो खसेको थियो । पहिरोका कारण काठमाण्डौबाट जाने गाडीलाई काभ्रेमा र पूर्वबाट आउने गाडीलाई सिन्धुलीमा नै रोकिएको थियो ।  


प्रतिक्रिया