धनगढीको एक होटलमा विस्फोट, ५ घाईते, अबस्था गम्भीर

श्रावण २, २०७६ | धनगढी

कैलालीको धनगढीस्थित शहीद चोक नजिकै निलम होटेलमा बम विफोट भएको छ । विस्फोटमा परि ५ जना घाईते भएका छन् । घाईते राम सिंह, लक्ष्मण सेरेला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया–मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

पाण्डे होटेल सञ्चालक हुन् । सिंह बझाङ का हुन् भने अन्यको ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले बताउनुभयो ।

विस्फोटको कारण खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताउनुभयो । घटनास्थलमा अहिले एसपी गिरी नेतृत्वको टोलीले खटिएको छ ।

घटनास्थलबाट प्रहरीले ९ एमएमको एक थान पेस्तोलसमेत बरामद गरेको छ । 

 


प्रतिक्रिया