जागिरको प्रलोभन देखाएर ठगी गर्ने एक पक्राउ

श्रावण २४, २०७६ | सुनसरी

जागिरमा लगाइदिने प्रलोभन देखाएर आर्थिक लाभ लिन खोज्ने एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । ठगीको आरोपमा खोटाङ हलेसिस्थित तुवाचुङ नगरपालिका २ बस्ने ३५ वर्षीय सम्बर बहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राईले आफू तेह्रथुमको जिरी खिम्ति स्थित ब्रिटिश गोर्खा वेल्फेयर सेन्टरमा कार्यालय सहयोगी भएको बताउँदै आएका छन् ।

उनलाई धरान ५ खैरेनी बस्ने खुसुमाया मग्रातीलाई वेल्फेयरमा जागिर मिलाइदिने प्रलोभन देखाएर नगद १२ हजार रुपैयाँ लिएको आरोपमा पक्राउ गरी ठगीमा मुद्दा चलाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 


प्रतिक्रिया