एनसेलको टावरमा आगजनी

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०७६ | दाङ

दाङको शान्तिनगर गाउँपालिका ५ रगैंचास्थित एनसेलको टावरमा आगजनी भएको छ । स्थानीय खड्क विष्टको मकैबारीमा रहेको टावरमा गएराति १ बजे आगजनी भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताउनुभयो ।

आगलागीबाट टावरको जेटेरेटर पूर्णरुपमा नष्ट भएको उहाँले जानकारी दिनुभयो । घटनामा नेक्रवित्रम चन्द समूहमाथि आशंका रहेको र थप अनुसन्धान भैरहेको शाहले बताउनुभयो ।


प्रतिक्रिया