रुखले च्यापिएर स्याङजामा एकको मृत्यु 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ७, २०७६ | स्याङ्जा

स्याङ्जाको चापाकोट नगरपालिका–१० मा रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ । खेलको धान गोडिरहेकी सोही ठाउँकी ५८ वर्षीया नीनीकुमारी गाहाको शनिबार मृत्यु भएको हो ।

खेतमाथी रहेको वरको रुख ढल्दा उनी च्यापिएकी हुन् । गाहाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

 


प्रतिक्रिया