उपप्रमुखलाई लक्षित गर्दै बम विस्फोट

रेडियो कान्तिपुर संवाददाता

आश्विन ३, २०७६ | भोजपुर

भोजपुरको षडानन्द नगरपालिकाकी उपप्रमुख मेरिका राई चढ्ने गाडी निजिकै कुकर बम विस्फोट भएको छ । गएराति अज्ञात समूहले उपप्रमुख राई चढ्ने गाडी नजिकै बम विस्फोट गराएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।

बम पूर्ण रुपमा विस्फोट नभएकाले ठूलो क्षति हुन नपाएको प्रहरी निरीक्षक अमतलाल माझीले जाानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । घटनास्थल नजिकै चन्द समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले शंकास्पद वस्तु समेत फेला पारेको छ ।


प्रतिक्रिया