राष्ट्रपति भण्डारीको भ्रमण तालिका सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

आश्विन २७, २०७६ | काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीको पर्सि बुधबार सुरु हुने म्यानमार भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्रमन्त्रालयले तालिका सार्वजनिक गर्दै राष्ट्रपति भण्डारी ४ दिने राजकीय भ्रमणका लागि पर्सि म्यानमार जाने उल्लेख गरेको हो ।

म्यानमारका समकक्षी उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणमा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्ुनभएको हो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारका समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

यस्तै, उहाँले प्रजातन्त्रवादी नेतृ तथा राज्य स्टेट काउन्सेलर आङ साङ सूचीसँग पनि भेटवार्ता गर्नुहुनेछ । म्यानमारका समकक्षीले आयोजना गर्ने राजकीय भोजमा पनि राष्ट्रपति भण्डारी नेतृत्वको टोली सहभागि हुनेछ । त्यहाँ रहेका नेपालीभाषीसँग समेत राष्ट्रपति भण्डरीले भेटघाट गर्नुहुने परराष्ट्रले जनाएको छ ।

राष्ट्रपति भण्डारीले म्यानमारका सांस्कृति तथा ऐतिहासिक महत्वका क्षेत्रको भ्रमण गर्नुहुनेछ । भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीपुकमार ज्ञवाली, परराष्ट्र सचिव लगायत उच्च पदस्थ व्यक्तिहरु सहभागि हुने परराष्ट्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


प्रतिक्रिया