सांसद पार्वत गुरुङ अदालतमा उपस्थित

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३, २०७६ | काठमाडौं

- ज्यान मार्ने उद्योग मुद्दा लागेका सांसद पार्वत गुरुङ जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गुरुङविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

गत असोज ८ गते गुरुङविरुद्द म्याद तामेल भएपछि आज उनी आफै अदालत हाजिर भएका हुन् । जिल्ला अदालतले सांसद गुरुङसँग आरोपमाथि बयान लिएको छ । 

गुरुङ दोलखाबाट निर्वाचित सांसद हुन् । काठमाडौंको गौशालामा आफूमाथि आक्रमण भएको भन्दै दोलखाका वीरध्वज खड्काले गुरुङसहित ७ जनाविरुद्द महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । 

 


प्रतिक्रिया