७ हजार हेक्टर खेत सिंचाइ हुने नहर संकटमा

कार्तिक १९, २०७६ | रुपन्देही

- रुपन्देहीमा ७ हजार हेक्टर सिंचाइ हुने सोह्र छत्तीस संयुक्त सिंचाई प्रणाली अतिक्रमणको चपेटामा परेको छ । तिनाउ नदीको अनियन्त्रीत उत्खनन्, मुहान तथा नहरको अतिक्रमण, फोहोर फाल्ने डम्पीड. साइडको रुपमा बढ्दो प्रयोग लगायत कारण सो सिंचाई प्रणाली कमजोर बन्दै गएको हो । समूदायद्धारा व्यवस्थित दक्षिण एसियाकै नमुना नहरका रुपमा रहेको सिंचाई आयोजना पछिल्लो समय संकटमा परेपनि संरक्षणमा सरकोकारवालाले चासो देखाएका छैनन । 

यसैको फाइदा उठाउँदै बुटवलस्थित नहरको कन्ये ढुंगा बांधदेखि होराइजन चौकसम्मको करिब दुई किलोमिटर क्षेत्रमा नहरको जग्गा ओगटेर अहिले संरचना निर्माण भईरहेको छ । सुकुम्वासीका रुपमा बसोबास गरिरहेकाहरुले अहिले पक्कि घर बनाउन सुरु गरेका हुन् ।  सोह्र छत्तीस संयुक्त सिंचाई प्रणालीका अध्यक्ष कृष्णप्रसाद पौडेलले नहरमाथि भएको अतिक्रमण रोक्न विभिन्न निकायसंग हारगुहार गरेपनि सहयोग नपाएको बताउनुभयो । 

 


प्रतिक्रिया