स्थानीय उम्मेदवारको उजुरीमाथि जाँचबुझ    

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २९, २०७६ | काठमाडौं

- निर्वाचन आयोगले स्थानीय तहको उप निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारमाथि परेको उजुरी उपर आज जाँचबुझ गर्ने भएको छ । बिहान ११ बजेदेखि  साढे १ बजेसम्म उजुरी उपर जाँचबुझ ५ बजे नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदका लागि २ सय ८१ जनाको मनोनयन दर्ता भएको छ ।

त्यसमध्ये २ जनाविरुद्ध मात्रै उजुरी परेको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । कपिलवस्तुको शिवराज नगरपालिका १० को वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार देवराज भारतीको विरोधमा स्वतन्त्र उम्मेदवार शिवभक्त ठाकुरले उजुरी दर्ता गराएका छन् भने पाँचथरको फिदिम नगरपालिका १ को वडाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)का उम्मेदवार जानुका थाम्सुहाङसका विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मिलन गिरीले उजुरी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

 आयोगले भोलि दिउँसो साढे १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने सक्ने समय तय गरेको छ । भने भोलि ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता श्रेष्ठले बताउनुभयो । आयोगले मंसिर १ गते स्थानीय तहका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने छ । 

 


प्रतिक्रिया