भिरबाट लडेर गोरखामा एकको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३०, २०७६ | गोरखा

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ भञ्ज्याङका ५० वर्षीय काले बरामको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार खेतमा गएका बराम साँझ अबेर सम्म घर नफिर्किए पछि खोजी गर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घर नआएपछि हिजो साझबाटै खोजी गरिएको र आज बिहान मैलुङ बासपानी भिरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शव बाटोबाट अन्दाजी तीन सय मिटर तल भेटिएको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया