नारी दिवस र श्रमिक नेपाली महिला

फाल्गुन २४, २०७५ | काठमाडौं

मार्च ८ मा नारी दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपाल सहित विश्वभर मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो ।

विभिन्न मुलुकमा  विभिन्न महिला समूहहरूले विभिन्न कार्यक्रमहरू आयोजना समेत गर्ने गर्दछन् । दिवसको अवसरमा नेपालमा पनि महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले कार्यक्रम आयोजना गरेका छन् । तर ती कार्यक्रमहरु कार्यक्रममा मात्र सीमित हुने गरेका छन् । कार्यक्रम अवधिभर महिलाका अधिकारका बारेमा जति नै कुरा उठे पनि भोलिपल्ट देखि खासै परिवर्तन भने हुने गरेका छैनन् ।  

मुलुकको आधा भन्दा बढी जनसंख्या ओगटेका महिलाका लागि नेपालको संविधानमा उल्लेख्य अधिकार सुनिश्चित गरिएका छन् । हरेक क्षेत्र, तहमा महिलाको सहभागिता सुनिश्चितताका लागि संविधानमा नै महिला अधिकारका बु“दाहरु समेत उल्लेख गरिएका छन् । अन्तराष्ट्रिय सन्धिसम्झौतामा विभिन्न खाले अधिकारको पक्षमा हस्ताक्षर पनि भएका छन् ।

संविधानकको मर्म अनुसार तनिै तहको निर्वाचन पश्चात स्थानीय सरकारमा महिला सहभागि पनि भएका छन् । संघ, प्रदेश, स्थानीय तहमा महिलाको उपस्थिति बाक्लै देखिन्छ तर उनीहरुको कुरा कही पनि सुनुवाई नभएको धेरै उदाहरण छन् । निर्णायक प्रक्रियामा महिलालाई सहभागि नै गराइदैंन, सहभागी भए पनि उनीहरुको कुराको त्यहा“ कुनै महत्व नै हु“दैन ।  

नेपाली महिलाका लागि नेपालको संविधान उदार रहे पनि यसको कार्यान्वयन पक्ष फितलो रह“दा महिला पुरुषको तुलनामा पछि नै परेको महिला पत्रकारको छाता संगठन सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित बताउनुहुन्छ । पण्डित भन्नुहुन्छ – नेपालको संविधान सकारात्मक छ, त्यसै अनुसार कानुन पनि परिवर्तन हुने प्रक्रियामा छन् । नागरिकताकै विषयमा कानुनमा महिला अधिकार उल्लेख भए पनि कार्यान्वयन पक्ष फितलो रहेको उहा“को भनाई छ ।

पहिलेको तुलनामा महिलालाई हेर्ने दृष्टिकोण धेरै नै परिवर्तन भएका छन् । समयसंगसंगै परिवर्तन भए पनि मानसिकता भने परिवर्तन हुन नसकेको उहाँ बताउनुहुन्छ । आमाहरुको पालामा महिला घरभित्रै सिमित रहनु पर्छ भन्ने सोचाई परिवर्तन भएर धेरै संख्यामा घर बाहिर निस्कन थाले पनि कार्य स्थल, कार्य स्थलमा गरिने व्यवहार भने यथावत रहेको उहाँको भनाई छ । 

एउटै कार्यालयमा काम गर्ने महिला र पुरुषमाथि हेर्ने दृष्टिकोण नै फरक रहेको उहाँको अनुभव छ । महिला र पुरुष कमृचारीको काम गर्ने क्ष्ँमता उत्तिकै भए पनि पुरुषलाई नै प्राथमिकतामा राख्ने प्रवृति हाम्रो समाजमा अझै पनि विद्यमान छ । शारीरिक परिश्रम गर्नुपर्ने क्षेत्रमा त अझ महिला र पुरुषबीच ठुलै खाडल रहेको छ ।

एउटै काम गर्ने महिला र पुरुषबीचको ज्याला नै थोर बहुत हुने गरेको पाइन्छ । त्यतिकैमा महिला कामदारले  एक, दुई सय कम नै पाउ“छन् भने पुरुष कामदारले महिलाले पाउने भन्दा धेरै नै ज्याला पाइरहेका थुप्रै उदाहरणहरु छन् । प्रतिष्पर्धाको बजारमा महिलाहरु उत्रिसकेका बेला विचरा भन्ने दृष्टिकोणबाट हेरिने महिलामाथिको धारणा परिवर्तन हुन जरुरी छ । 

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्याको ५१ दशमलव ५ प्रतिशत महिलाको संख्या रहेको छ । जसमा महिलाको संख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ रहेको छ भने पुरुषको संख्या १ करोड २८ लाख ४९ हजार ४१ अर्थात् ४८ दशमलव ५५ छ । महिलाहरुको उपस्थितिलाई कानुनी रुपमा मान्यता प्रदान गरिए पनि समाजमा पुरुष तथा महिलाको भूमिका, कार्यव्यवहार, अधिकार आदि परम्परादेखि नै सिमांकित गरिएका छन् । 

महिलालाई पारिवारिक, सामाजिक, आर्थिक, हरेक पक्षले बा“धेर राख्ने हुनाले पनि खुलेर बाहिर आउन सकिरहेका हु“दैनन् । उनीहरुलाई स्वतन्त्र रुपमा बाहिर आउनका लागि यस्ता एक दुईवटा फन्डेड कार्यक्रम हैन कि, घर, समाजले गर्ने व्यवहार अनि महिलालाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुनु जरुरी छ । श्रम बजारमा जबसम्म महिला र पुरुषको श्रमलाई समान दृष्टिकोणले हेरिदैन, तबसम्म बनिएका कानुन अनि मनाइने दिवसको कुनै अर्थ रह“दैन ।