इरानद्वारा हर्मुज क्षेत्रबाट एक जना नेपाली नागरिक नियन्त्रणमा

रेडियो कान्तिपुर संवाददाता

चैत्र ६, २०८२ | काठमाडौं

इरानले हर्मुज क्षेत्रबाट एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयले नेपाली नागरिक पक्राउ परेको जानकारी दिएको हो । पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन । 

यसैबीच, मध्यपूर्वका विभिन्न मुलुकमा त्यहाँको स्थानीय कानुनको उल्लंघन हुने गरी फोटो वा भिडियो खिच्ने र सामाजिक सञ्जालमा सेयर गर्ने कार्यमा संलग्न भएको आरोपमा ७ जना नेपाली पक्राउ परेका छन् ।

 त्यसबारे जानकारी दिदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले बताउनुभयो ।मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा नकारात्मक सन्देश दिने सामाग्री नराख्न पूनः आग्रह गरेको छ । ती देशमा यस्तो बिषयलाई गम्भीर रुपमा लिइने भएकाले सचेत हुनुपर्ने प्रवक्ता पौडेलको भनाइ छ ।

यसैबीच, नेपाल सरकारको अनलाइन दर्ता प्रणालीमा ८२ हजार १ सय जना नेपाली नागरिक आवद्ध भएका छन् । त्यस्तै विभिन्न घटनामा परी २० जना नेपाली सामान्य घाइते भएको र तीमध्ये १९ जना उपचारपछि निको भई घर फर्किसकेको मन्त्रालयले जनाएको छ । अर्का एक जनाको अवस्था पनि सामान्य रहेको र छिट्टै अस्पतालबाट डिस्चार्ज हुने तयारीमा छन् । 


प्रतिक्रिया