देशभर २४ घन्टामा ३६ विपद्का घटना

रेडियो कान्तिपुर संवाददाता

चैत्र ७, २०८२ | काठमाडौं

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुसार पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न ३० जिल्लामा ३६ वटा विपद्का घटना भएका छन् । 

हिजो बिहान १० बजेदेखि आज बिहान १० बजेसम्मको अवधिमा विपद्का घटनामा एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै, भने १४ जना घाइते भएका छन् । पछिल्लो २४ घन्टामा सबैभन्दा बढी चट्याङका घटनाहरू भएका छन् । ९ जिल्लामा भएका १० वटा चट्याङका घटनामा परी १०जना घाइते भएका छन् । 

त्यस्तै ७ जिल्लामा भएका ७ वटा आगलागीका घटनामा २ जना घाइते भएका छन् । लेक लागेर २ जिल्लामा २ वटा घटना भएका छन् । जसमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

यसका साथै अविरल वर्षा, पहिरो,हावाहुरी लगायतका घटना भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार पछिल्लो २४ घन्टामा करिब ३० लाख ८६ हजार रूपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ । 


प्रतिक्रिया