नेप्सेमा ४५ करोडको कारोबार

श्रावण २१, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज पनि गिरावट आएको छ । सेयर कारोबार हुने साताको तेस्रो दिन पनि बजार परिसूचक नेप्से ९ दशमलव ३६ अंकले घटेर १ हजार २ सय ४५ दशमलव ७३ अंकमा पुगेको छ । नेप्सेमा गिरावट आएपनि कारोबार रकम भने हिजोको तुलनमा १ करोड रुपैयाँले वृद्धि भएको छ ।

कारोबार भएका सबै कम्पनी समूहको उपसूचकमा गिरावट आएकाले समग्र नेप्से प्रभावित भएको हो । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ४० दशमलव ९७, उत्पादनमूलकको ३९ दशमलव ६४ र होटल समूहको २५ दशमलव ८८ अंकले घटेको छ । 

नेप्सेमा आज कुल १ सय ६९ कम्पनीका ६ हजार ९ सय ४१ कारोबारबाट १४ लाख ४९ लाख ६ सय ९७ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ४५ करोड ७५ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज कृषि विकास बैंकको सबैभन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया