नेप्से घट्यो, कारोबार बढ्यो

श्रावण २३, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज ९ अंकले गिरावट आएको छ । सेयर कारोबार हुने साताको अन्तिम दिन बजार परिसूचक नेप्से ९ दशमलव ९२ अंकले घटेर १ हजार २ सय ३८ दशमलव ५६ अंकमा पुगेको छ । नेप्सेमा गिरावट आएपनि कारोबार रकममा भने हिजोको तुलनामा झण्डै १० करोड रुपैयाँले वृद्धि भएको छ ।

नेप्सेमा हिजो ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा आज कारोबार भएका सबै कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजारनै प्रभावित बन्यो । सबै भन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ७५ दशमलव ४३ अंकले घटेको छ ।

यस्तै, जलविद्युत समूहको ३१ दशमलव ३५, जीवन बीमा कम्पनी समूहको २६ दशमलव ५५ र होटल समूहको उपसूचक २० दशमलव ८३ अंकले घटेको छ । नेप्सेमा आज कुल १ सय ६६ कम्पनीका २९ हजार ४ सय ९६ कारोबारबाट १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ४५ करोड ४६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज रसुवागढी जलविद्युत आयोजनाको सबैभन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया