नेप्सेमा यो साता २ अर्बको कारोबार

श्रावण २५, २०७६ | काठमाडौं

धितोपत्र बजारमा यो साता २ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । यस साता २ अर्ब २८ करोड ७३ लाख ८७ हजार ६ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको थियो । यो कुल १ सय ७२ कम्पनीका ७४ लाख ३८ हजार ८ सय ४८ कित्ता सेयर नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

साताभर सेयर बजारमा नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रहृयो । पुँजीगत लाभकर लगायतका विषयमा देखिएको विवादका कारण बजारमा उटारचढाव भएको जानकारहरु बताउँछन् । कारोबार हुने साताको पहिलो दिन गत आइतबार कुल १ सय ६९ कम्पनीका १४ लाख ६७ हजार ४ सय ६४ कित्ता सेयर किनबेचबाट ४७ करोड ४१ लाख ५१ हजार ७ सय २९ मूल्य बराबरको कारोबार भए ।

बिहीबारको तुलनामा कारोबार रकम समेत ओरालो लागेको हो । बिहीबार ५९ करोड पाँच लाख ८८ हजार २३९ मूल्यमा खरिद बिक्री भएका थिए । यस्तै सोमबार नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ ।

सोमबार र मंगलबार लगातार घटेको सेयर बजारमा बुधबार केही सुधार देखिएको थियो । गत बुधबार नेप्समा सुधार देखिएपनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन । कारोबार हुने साताको अन्तिम दिन पनि नेप्सेमा ९ अंकले गिरावट आएर ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 


प्रतिक्रिया