बुद्धीचाल, कबड्डी, खो-खो र सेपाताक्रो खेलको तयारी पूरा

चैत्र २६, २०७५ | बर्दिया

आठौ राष्ट्रिय प्रतियोगिताका लागि भौतिक संरचना र खेलाडिका लागि सबै तयारी पूरा भएको छ । बर्दियामा बुद्धीचाल, कबड्डी, खो-खो र सेपाताक्रो प्रतियोगिता हुने छ । 

चैत २९ देखि बैशाख ४ गते सम्म ठाकुरबाबा नगरपालिकाको भुरीगाउॅमा बुद्धीचाल खेल हुने भएको छ । खेलुकद विकास समितिका अध्यक्ष खगेन्द्र खनालका अनुसार चैत ३० देखि बैशाख ५ गते सम्म बासगढी नपा स्थित कबडहलमा कबड्डी खेल हुने भएको छ । कबड्डी खेलमा महिला र पुरुष सहभागी हुने भएकाछन् । महिला र पुरुष गरि २० टिम कबड्डी खेलमा सहभागि हुने भएकाछन् । 

यसैगरी ठाकुरबाबा नपाको सिंहवाहिनी मैदानमा  खो-खो प्रतियोगिता हुने भएको छ । बैशाख ६ गते देखि ११ गते सम्म हुने प्रतियोगितामा महिला र पुरुष गरि बीस टिम सहभागि हुने समितिका अध्यक्ष खनालले जनाए । गुलरिया तुलापुर स्थित कवडहल मैदानमा सेपाताक्रो प्रतियोगिता हुने भएको छ । गुलरियामा बैशाख ६ देखि ९ गते सम्म सेपाताक्रो प्रतियोगिता हुने खेलकुद समितिले जनाएको छ । सेपाताक्रो प्रतियोगितामा महिला तथा पुरुषका २० टिम सहभागि हुने भएकाछन् ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडिका लागि खाने,बस्ने व्यवस्थाका लागि लागि भुरीगाउॅ, बासगढी र गुलरियामा होटलको व्यवस्था गरिएको छ । जिल्लाका तीन वटै ठाउॅमा एसीको व्यवस्था भएको पर्याप्त होटल छैन । एसी र नन एसी भएका होटलमा खेलाडि राखिने भएको छ ।

खेलाडिका लागि दैनिक १ हजार ४ सय भत्ताबाट खाने,बस्ने व्यवस्था गरिएको छ,’समितिका अध्यक्ष खनालले भने,‘ खेलाडिका लागि खाने, बसोबास र भत्ताको व्यवस्थाका लागि बसोबास समितिले मिलाएको छ ।’ चार वटै प्रतियोगिता इण्डोर भित्र हुने भएकोले गर्मीले खेलाडिलाई असर नपर्ने आयोजकले जनाएको छ । विगतका वर्षमा बैशाखको पहिलो साता जिल्लामा ४० डिग्री तापक्रम पुग्ने गरेको थियो । 

सदरमुकाम गुलरियामा हुने भनिएको महिला भलिवल प्रतियोगिता नहुने भएको छ । सदरमुकाम गुलरियामा आउने झण्डै ६ सय खेलाडीका लागि बस्ने पर्याप्त सुविधाजनक होटल नहुॅदा महिला भलिवल प्रतियोगिता स्थगन भएको हो ।  

आठौ राष्ट्रिय खेल प्रतियोगिता अर्न्त्गत एथलेक्टिस हुने भन्दै गुलरिया स्थित कवड हलको मैदानमा ट्याक समेत निर्माण गरिएको छ । गुलरियामा एथलेक्टिस खेल पनि नहुने भएको छ । 


प्रतिक्रिया