थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाईनलमा

फाल्गुन १४, २०७६ | धनगढी

थ्रीस्टार क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको दोस्रो क्वाटरफाईनलमा नव जनजागृती क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टर अन्तिम चारमा पुगेको हो । 

थ्रीस्टारको जितमा संजोग राई र आशिष राईले एक/एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरे । 

खेलको ८० औं मिनेटमा संजोगको गोल मार्फत थ्रीस्टारले अग्रता लिएको थियो । खेलको ८१ औं मिनेटमा आशिषले अर्को गोल गर्दै थ्रीस्टारको जित सुनिश्चित गरे । 

खेलको म्यान अफ दि म्याच थ्री स्टारका कप्तान विक्रम लामा चुनिए । उनले नगद १० हजार सहित ट्रफी पाए । 

अब थ्रीस्टारले फाइनल प्रवेशको लागि हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको तेस्रो क्वाटरफाईनलमा बिहीबार नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्ने छन् । 


प्रतिक्रिया