कोरोना भाइसरविरुद्धको खोप पत्ता नलागेसम्म नेदरल्याण्ड्समा दर्शकबिनाको खेल गतिविधि

वैशाख २६, २०७७ | काठमाडौं

कोरोना भाइसरविरुद्धको खोप पत्ता नलागेसम्म नेदरल्याण्ड्समा खेल गतिविधि दर्शकको अनुपस्थितिमा गरिने भएको छ । डच स्वास्थ्यमन्त्री ह्युगो डी जोङ्गले सार्वजनिक स्थलमा भीडभाड हुने काम खोप पत्ता नलागेसम्म स्थगित गरिने स्पष्ट पारेका हुन् । 

यसअघि नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट्टेले आगामी सेप्टेम्बर १ बाट मुलुकमा खेल गतिविधिहरु पुन: शुरु गरिने बताएको भोलिपल्टै स्वास्थयमन्त्रीको भनाई सार्वजनिक भएको हो । स्वास्थ्यमन्त्री जोङ्गले नागरिकको स्वास्थ्यलाई जोखिममा पारेर कुनै पनि गतिविधि नगरिने स्पष्ट पारेका हुन् । कोभिड १९ का कारण नेदरल्याण्ड्समा ४१ हजारभन्दा बढी संक्रमित छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ५ हजार २ सय ८८ पुगिसकेको छ ।

गत महिनाबाटै डच फुटबलको दुबै लिग रद्द भैसकेको छ । डच लिगमा यो सिजन कुनै पनि रेलिगेसन र बढुवा नहुने भएको छ ।   


प्रतिक्रिया