चेल्सी वेष्टह्यामसँग पराजित

असार १८, २०७७

– इङलिस प्रिमियर लिग फुटबलमा चेल्सी वेष्टह्यामसँग पराजित भएको छ । वेष्टह्यामको घरेलु मैदान लण्डन स्टेडियममा गएराति भएको खेलमा शिर्ष चारको दौडमा रहेको चेल्सी ३ –२ गोल अन्तरले पराजित भएको हो । वेस्टह्यामको जितमा टोमस सौसेक, मिचेल एन्टेनियो र एन्ड्री यारमोलेन्कोले गोल गरे । चेल्सीका विलियनले २ गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । 

 हारसँगै चेल्सीले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । चेल्सी ३२ खेलबाट ५४ अंकका साथ तालिकाको चौथो स्थानमा छ । समान खेल खेलेको वेस्टह्याम ३० अंक जोडदै रेलिगेसन जोन छाडेर १६ औं स्थानमा उक्लिएको छ । गएराति नै भएको अन्य खेलमा लेष्टर सिटी एभर्टनसँग २ –१ ले पराजित भएको छ । यस्तै आर्सनलले नर्विचविरुद्ध ४–० को फराकिलो जित हासिल गर्दा न्यु क्यासलले बर्नमाउथविरुद्ध ४–१ को सहज जित निकालेको छ ।


प्रतिक्रिया