एनपीएल सिजन टुः पोखराद्वारा रिटेन ६ खेलाडीको सूची सार्वजनिक

असार १५, २०८२ | काठमाडौं
नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको दोस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले टोलीमा कायम रहेका खेलाडीको सूची सार्वजनिक गरेको छ ।
पोखराले आज सामाजिक संजालमार्फत ६ खेलाडीको नाम सार्वजनिक गरेको हो । पोखराले मार्की र कप्तान कुशल भुर्तेलसहित दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द र विपिन खत्रीलाई कायम राखेको छ ।
