आईपीएलको तालिका शनिवार सार्वजनिक हुने

श्रावण १३, २०७७ | काठमाडौं

ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको तालिका शनिवार सार्वजनिक हुने भएको छ । आईपीएलको तालिकासँगै अन्य बिषयलाई अन्तिम रुप दिन आयोजक कमिटीले शनिबार बैठक बोलाएको हो । 

५० दिनको खेलको तालिकासँगै खेलाडीको प्रशिक्षण, बसोबास, क्वारेन्टीनको व्यवस्थापन तथा अन्य प्राबिधिक बिषय बारे आयोजक कमिटीले निर्णय लिन लागेको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआइका अध्यक्ष सौरभ गांगुलीसहितका पदाधिकारीलाई समेत बैठकमा बोलाईएको छ । ८ टोलीबीच हुने ६० प्रतिस्पर्धा गर्न आयोजक समितीले युएई सरकारसंग अनुमति माग गरिसकेको छ ।

आईपीएल आयोजक कमिटिका अध्यक्ष बृजेश पटेलले युएई क्रिकेट बोर्डलाई औपचारिक पत्र पठाईसकको भन्दै आफुहरुले प्रस्ताव गरेकै मितिमा प्रतियोगिता हुने बताए । यो सिजनको आईपीएल सेप्टेम्बर १९ देखी नोभेम्बर १० मा गर्ने तयारी छ । 


प्रतिक्रिया