राष्ट्रिय महिला भलिबलको उपाधिकालागि पुलिस र एपीएफ खेल्ने

वैशाख १४, २०८१ | काठमाडौं

सातौं संस्करणको राष्ट्रिय महिला भलिबलको उपाधिका लागि दूई विभागीय टोली शसस्त्र प्रहरीको नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

काठमाडौको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा राउण्ड रोविन लीगका आधारमा खेलाइएको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो ।

पहिलो सेटमा आर्मीलाई २५–१९ को सेटमा जितेको पुलिसले दोस्रो सेट भने १७–२५ ले गुमाएको थियो । तेस्रो तथा अन्तिम सेटमा पुनरागमन गर्दै पुलिसले आर्मीमाथि २५–१५ को जित निकालेको हो ।

यस्तै आज भएको अर्को खेलमा एपीएफ क्लबले साविक विजेता टोली न्यू डायमण्ड क्लबलाई ३–२ को सेटमा हराउँदै पुलिसँगको उपाधि भिडन्त पक्का गरेको हो । पहिलो र दोस्रो सेट लगातर जितेको एपीएफ तेस्रो र चौथो सेटमा पराजित भएको थियो । दूवै टोलीलले २÷२ को बराबरी गरेपछि पाँचौ सेटमा भएको खेलमा एपीएफले पुनरागमन गर्दै उपाधि यात्रा तय गरेको हो ।

उपाधिका लागि दुईटोलीबीच भोलि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

तेस्रो स्थानका लागि भोलिनै न्यू डायमण्ड र विभागीय त्रिभुवन आर्मी क्लबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया