सिरी एमा लाजियोले रोमालाई हरायो

माघ ३, २०७७ | काठमाडौं

ईटालियन सिरी ए फुटबलको पछिल्लो खेलमा लाजियो विजयी भएको छ । रोमालाई ३–० ले हराउँदै लाजियो तालिकाको सातौं स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा लुईस अल्बेल्र्टोले २ तथा चिरो ईम्मोबोलीले एक गोल गर्दै लाजियोलाई विजयी बनाए । पहिलो हाफमा २–० को अग्रता बनाएको लाजियोले दोस्रो हाफमा एक गोल गर्दै शानदार जित निकालेको हो । 

१८ खेलबाट ३१ अंक जोडेको लाजियो सासुउलोलाई पछि पार्दै सातौं स्थानमा पुगेको हो । यो हारसंगै शीर्ष टोलीमाथी दबाव बढाउने रोमाको प्रयासमा असफल बनेको छ । १८ खेलबाट ३४ अंकसहित रोमा तालिकाको तेस्रो स्थानमा छ ।

सिरि ए फुटबलमा आज बिभिन्न ३ खेल हुनेछन् । आज बोग्लोना र हेल्लास भेरोना, टोरिनो र स्पेजिया तथा साम्पडोरिया र युडिनेस प्रतिस्पर्धा गर्नेछन् ।   


प्रतिक्रिया