प्रेमियर लिगको आगामी सिजन अगष्ट १४ बाट सुरु हुने

असार २, २०७८ | काठमाडौं

इंग्लिस प्रेमियर लिग फुटबलको आगामी सिजन अगष्ट १४ बाट सुरु हुने भएको छ । लिग आयोजकले अगष्ट १४ बाट हुने पहिलो चरणको खेल तालिका आज सार्वजनिक गरेको हो । 

उद्घाटन खेलमा लिग विजेता म्यानचेष्टर सिटीले टटनहामसँग प्रतिस्पर्धा गर्नेछ । उपविजेता म्यानचेष्टर युनाईटेडले ओल्ड ट्राफोर्टमा लिड्स युनाईटेडलाई आतिथ्यता प्रदान गर्नेछ । 

अर्को खेलमा नवप्रवेशी ब्रेन्टफोर्टले आर्सनलसँग खेल्दै ७४ वर्षपछि प्रेमियर लिगको सुरुवात गर्नेछ । यस्तै, चेल्सीले क्रिष्टल प्यालेससँग प्रतिस्पर्धा गर्दा नर्विच सिटीले लिभरपुलको सामना गर्नेछ ।

अन्य खेलमा बर्नली र ब्राईटन एण्ड होभ एल्वियन, एभरटन र साउथ हेम्प्टन, लेष्टर सिटी र वोल्भरहेम्प्टन, वाट्फोर्ड र एष्टन भिल्ला तथा न्यूकासल युनाईटेड र वेष्टहाम युनाईटेडबीच खेल हुनेछ । 


प्रतिक्रिया