अर्जेन्टिनाको जितसँगै मेस्सीको कीर्तिमान

आश्विन २५, २०७८ | एजेन्सी


अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी ८० अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो दक्षिण अमेरिकी खेलाडी बनेका छन् । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वेविरुद्धको खेलमा एक गोल गरेसँगै मेस्सी सवार्धिक ८० अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । मेस्सीले १ सय ५५ खेलमा उक्त गोल पूरा गरेका हुन् । आज बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० ले पराजित गरेको छ । 

अर्जेन्टिनालाई जित दिलाउन मेस्सी, रोड्रिगो डि पउल र लोउटारो मार्टिनेजले १/१ गोल गरे । जितसँगै छनोटमा अपराजित रहेको अर्जेन्टिना १० खेलबाट २२ अंक जोडेर दोस्रो स्थानमा यथावत् रहेको छ । अर्जेन्टिना शीर्षस्थानको ब्राजिलसँग ६ अंकले पछाडी छ । ब्राजिलको समान खेलबाट २८ अंक छ । 


प्रतिक्रिया