मेस्सीलाई अवार्ड

मंसिर २, २०७८ | एजेन्सी

अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल फिप्टीको अवार्ड जितेका छन् । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेस्सीले सो अवार्ड हात पारेका हुन् । फुटबल सम्बन्धी विश्व प्रसिद्ध वेबसाइट गोल डट कमले समर्थकका मतका आधारमा वर्षेनी यो अवार्ड प्रदान गर्छ ।

भोटिङको अन्तिम दिनसम्म म्यानचेष्टर युनाइटेडका रोनाल्डो अघि रहेपनि अन्तिम समयमा पेरिस सेन्ट जर्मेन पीएसजीका मेस्सीले रोनाल्डोलाई थोरै मतान्तरले पछाडि छाडेका हुन् । मेस्सीले रोनाल्डोको कीर्तिमानलाई बराबरी गरेका छन् । रोनाल्डो र मेस्सीले समान ५–५ पटक यो अवार्ड जितेका छन् ।

जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले तेस्रो तथा इंग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाहले चौथो स्थान हासिल गरे । फ्रान्स तथा पीएसजीका केलियन एमबाप्पे पाँचौ स्थानमा रहे ।

महिलातर्फ बार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलासले यो अवार्ड हात पारिन् । इरेनी पारेडेस दोस्रो तथा एसिसाट ओसोएला तेस्रो स्थानमा रहे । 


प्रतिक्रिया