आईसीसीको वरियतामा कुशल र दीपेन्द्रको एक स्थान सुधार

आश्विन ५, २०७९ | काठमाडौं

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको ब्याटिङ वरियतामा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले सुधार गरेका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियता अनुसार दुवै जना समान एक स्थान सुधार गर्दै माथि उक्लिएका छन् । 

नयाँ वरीयतामा कुशल ५१ औं तथा दीपेन्द्र ५८ औं स्थानमा छन् । यस्तै, बलिङतर्फ सन्दीप लामिछाने १ स्थान तल झर्दै ६२ औं स्थानमा झरेका छन् । अलराउण्डर वरीयतातर्फ दीपेन्द्र १० औं स्थानमा कायमै रहेका छन् ।


प्रतिक्रिया