मैत्रीपूर्ण म्याचका लागि बंगलादेशी टोली आज आइपुग्ने

आश्विन ७, २०७९ | काठमाडौं

नेपालसँग अर्को साता हुने मैत्रीपूर्ण म्याचका लागि बंगलादेशी टोली आज नेपाल आइपुग्दै छन् । टोली राति सवा ९ बजे काठमाडौं आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मैत्रीपुर्ण म्याचका लागि राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाँईले हिजो २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । 

टोलीमा दुई नयाँ खेलाडी सामेल गरेका हुमागांईले कप्तान भने केही दिनपछि घोषणा गरिने बताएका छन् । नेपालले आगामी मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपुर्ण म्याच खेल्न लागेको हो । 


प्रतिक्रिया