दुई देशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल फिल्डिङमा

जेष्ठ १६, २०८० | काठमाडौं

दुई देशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियाविरुद्ध फिल्डिङ गर्दैछ । मलेसियाले टस जितेर व्याटिङ रोजेपछि नेपाल फिल्डिङमा आएको हो । 

नेपालले आज टोलीमा दुई परिवर्तन गरेको छ । कृतिका मरासिनी र अप्सरी बेगमलाई बेन्चमा राख्दा ओपनर विन्दु रावल र सरस्वी कुमारी चौधरीलाई प्लेइङ–११ मा मौका दिएको छ । यस बाहेक टोलीमा अन्य कुनैपनि परिवर्तन गरेको छैन । पाँच खेलको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसिया १–० ले अघि छ । पहिलो खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो । नेपाल आज पहिलो खेलको गल्ती सुधार्दै दोस्रो खेलमा जितका साथ सिरिज बराबर गर्न चाहन्छ । 

यता, मलेसिया पहिलो जितलाई नै निरन्तरता दिने योजनामा छ । सिरिज अन्तर्गत नेपालले तेस्रो खेल जेठ १८ मा खेल्दा, जेठ २० र २१ चौथो र पाँचौं खेल खेल्ने तालिका छ । नेपाली महिला क्रिकेट टोलीले झन्डै एकवर्ष पछि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको हो ।


प्रतिक्रिया