ललितपुर सिटी दोस्रो क्वालिफायरमा प्रवेश
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2023/sports/nsl-1703603884.png&w=700&height=600)
पुस १०, २०८०
नेपाल सुपर लिग फुटबलको इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सलाई ३–० ले हराउंदै ललितपुर सिटी दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ललितपुरले अब फाइनल प्रवेशका लागि बिहीबार पोखरा थण्डर्ससाग खेल्नेछ । पराजयसागै जारी दोस्रो सिजनका लागि काठमाडौं रेजर्सको चुनौती समाप्त भएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुर सिटीलाई ३६ औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ४४ औं मिनेटमा ललितपुरका पापा इबोउ केबेले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको ललितपुरले तेस्रो गोल भने दोस्रो हाफमा गरेको हो ।
खेलको ५२ औं मिनेटमा इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–० को जित दिलाए ।