थ्री स्टारले मच्छिन्द्रसँग प्रतिस्पर्धा गर्दै
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/sports/AahaRara-1738998511.jpg&w=700&height=600)
माघ २७, २०८१ | पोखरा
आहा–रारा पोखरा गोल्डकप फुटबलको दोस्रो क्वाटरफाइनल थ्री स्टारले मच्छिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । पोखरा रंगशालामा हुने थ्री स्टार र मच्छिन्द्र क्लबबीचको प्रतिस्पर्धा दिउँसो साढे २ बजेपछि सुरु हुनेछ ।
दुबै टोली अन्तिम चारमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ । थ्रीस्टारले सिधैं क्वाटरफाइनल प्रवेश पाएको थियो । मच्छिन्द्रले भने विभागीय टोली एपीएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । पोखरा रंगशालामा भएको प्रि–क्वाटरफाइनल खेलमा मछिन्द्रले २–० गोलले एपीएफलाई हराएको हो ।
यसअघि हिजो भएको खेलमा पाहुना टोली ब्रिगेड ब्वाइज क्लब यूकेलाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । आगामी फागुन ३ मा हुने फाइनल विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँँ पुरस्कार पाउने आयोजक सहारा क्लबले जनाएको छ ।